newskoseli.Com

लखेट्दै–लखेट्दै लगेर बालिकामाथि बलात्कार !

चार जना किशोर–किशोरी अन्नपूर्ण गाउँपालिका– ५ पाउद्वारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ वर्ष उमेरसमूहका थिए ।

हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोका कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राति करिव ८ बजे अन्नपूर्ण गाउँपालिका– ६, घारको धरमपानी खोला नजिकको मुना बालविकास भवन नजिकै ओराल्यो ।

ठाउँ एकान्त थियो । रात परिसकेकाले उनीहरु अलमलमा परे । बास खोज्दै गर्दा गाँजा–चुरोट तान्दै गरेका तीन युवा प्रकाश छिनाल, अर्जुन परियार र नवीन परियारको नजर १५ वर्षीया किशोरीमाथि पर्‍यो ।

उनीहरुले अपरिचित बालिकाहरुलाई जिस्काउँदै हातपात गरे । आक्रमण हुन थालेपछि बालबालिका मोटरबाटो हुँदै आफूहरू आएकै बाटोतिर भाग्न थाले । युवाले भवानीथानसम्म लखेटे । सडकमा बत्ती थिएन । भाग्दै गरेकी १५ वर्षीया किशोरीलाई मुख थुन्दै एकान्ततिर लगे ।

८ः२० तिर बिजुली आयो । बत्तीको उज्यालोले बाँकी तीन बालबालिकामा साहस थपियो । उनीहरु स्थानीयको घरमा पुगे । रातको समयमा रुँदै–कराउँदै आएका अपरिचित किशोरकिशोरी देखेपछि स्थानीय लीलबहादुर खड्काले सोधी–खोजी गरे । उनीहरुले आफूहरुमध्ये १ जनालाई ३ युवाले मुख थुनेर अपहरण गरी लगेको बताए ।

त्यसपछि अरु स्थानीय भेला भए र बालिका खोज्दै हिँडे । उनीहरुले सडक मुनिको एक खालि गोठमा बालिका रोएको सुने । उनीहरु त्यहाँ पुग्दा बालिका बलात्कृत भइसकेकी थिइन् । ३ जनामध्ये नवीन र अर्जुन भागेको स्थानीयले देखे ।

गाउँलेहरूले तत्काल घार प्रहरी चौकीमा खबर गरे । प्रहरीले बालिकाको उद्धार गरी चौकीमा लैजाने क्रममा बलात्कारमा संलग्न युवालाई बाटोमै पक्राउ गरी चौकी पुर्‍याएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर