newskoseli.Com

मन्त्रालयहरुमाथि प्रधानमन्त्री कार्यालयको ‘अनलाइन अनुगमन’

मन्त्रालयहरुले आफ्नो कार्ययोजना अनुसार कति काम गरे भन्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अनुगमन सुरु गरेको छ ।

प्रधानमन्त्री कार्यालयको अनुगमन महाशाखाले अनुगमनका लागि तयार पारेको सफ्टवेयरमार्फत मन्त्रालयहरुले प्रगति विवरण किन पेस गरेनन् भन्ने शीर्षकमा मंगलबार अनुगमन गरेको छ । ‘अनलाइन मनिटरिङ’ का लागि प्रधानमन्त्रीको कार्यलयले सफ्टवेयर बनाएर त्यसमा मन्त्रालयले कार्ययोजना अनुसार गरेका कामको विवरण ‘अपडेट’ गर्न भनेको थियो ।

तर, केही मन्त्रालयलाई सफ्टवेयरमा कसरी प्रगति विवरण अपडेट गर्ने भन्नेमै अन्योल देखिएकाले सहजीकरणका लागि गएको प्रधानमन्त्री कार्यालयस्थित अनुगमन महाशाखाका सहसचिव यसलाल भुसालले बताएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर