newskoseli.Com

असोजदेखि नै श्रीपेच हेर्न पाइने, नारायणहिटी संग्रहालय पुरातत्त्व विभागमा

‘संग्रहालय’ मा बदलिएको एक दशकपछि ‘नारायणहिटी दरबार संग्रहालय’ पुरातत्त्व विभागको मातहतमा आएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ असार १ मा नारायणहिटी दरबारलाई संग्रहालय बनाउने घोषणा गरेका थिए ।

त्यसलगत्तै २०६५ फागुन १५ देखि नारायणहिटी सर्वसाधारणका लागि खुला गरिएको थियो । संग्रहालय विकास समितिको नामबाट सञ्चालन हुँदै आएको संग्रहालयले विकासले गति लिन नसकेपछि मन्त्रिपरिषदको बैठकले विभागको मातहतमा राख्ने निर्णय गरेको हो ।

सो निर्णयसँगै विभागले संग्रहालयको गुरुयोजना निर्माण गर्न सुरु गरेको छ । विभागका महानिर्देशक भेषनारायण दाहालले संग्रहालयलाई थप व्यवस्थित र आकर्षित बनाइने बताए । असोज महिनादेखि नै ‘श्रीपेच’ सर्वसाधारणका लागि खुला गरिने खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर