newskoseli.Com

भूकम्प मापन केन्द्रमै किन गयो ‘भूकम्प’ ?

गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको साढे ३ वर्ष पुग्दै गर्दा भूकम्पले भत्काएका घर र अन्य संरचनाको पुननिर्माणमा जस्तो अस्तव्यस्त छ, राष्ट्रिय भूकम्प मापन केन्द्रको हालत पनि उस्तै रहेको छ ।

ज्यादै न्यून जनशक्ति भएपछि केन्द्रको कार्यसम्पादन प्रभावित बन्न थालेको छ । गोरखा भूकम्पअघि १६ जना कर्मचारी कार्यरत केन्द्रमा अहिले ६ जना मात्रै छन् । बारपाक भूकम्पपछि केन्द्रका कर्मचारी २४सै घन्टा खट्न थालेका थिए । तर, कामको प्रकृतिअनुसार कर्मचारी नियुक्त नहुँदा व्यावहारिक कठिनाई थपिन थालेको केन्द्रका प्रमुख लोकविजय अधिकारी बताउँछन् ।

‘हामी शनिबार पनि भन्न पाउँदैनौं, न त अन्य सार्वजनिक बिदामा ढुक्क भएर घर बस्ने अवस्था छ, जनशक्ति ज्यादै थोरै भएपछि हरेक दिन आफिस जानैपर्ने बाध्यता छ’– उनले भनेको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर