newskoseli.Com

दिनहुँ ३ जनामाथि बलात्कार, २ जनाको हत्या !

आ.व. २०७४/०७५ मा ६ सय २८ जनाको हत्या भएको थियो । आ.व. ०७३/७४ मा यस्तो अपराध ६ सय १६ थियो । यसैगरी, यस आ.व. मा बलात्कारका मुद्धा ३० प्रतिशत बढेका छन् ।

आर्थिक वर्ष ०७४/७५ मा १ हजार ४ सय ८० बलात्कारका घटना प्रहरीमा दर्ता भए । यस आधारमा दैनिक ३ भन्दा धेरै बलात्कारका घटना हुने गरेको देखिन्छ । अघिल्ला वर्षहरुभन्दा गत वर्ष सामाजिक अपराध ४० प्रतिशत बढेको छ ।

आ.व. ०७३/७४ मा १० हजार २ सय ५६ घटना भएकोमा गत वर्ष १४ हजार ४ सय ५० घटे । प्रहरीले तदारुकताका साथ मुद्धा दर्ता गर्ने भएकाले पनि घटना बढेको देखिएको प्रहरी प्रवक्ताले बताए पनि देशभर गम्भीर प्रकृतिको घटना बढेको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर