newskoseli.Com

लोकसेवा खुल्दै : खरिदारदेखि सहसचिवसम्मको भर्ना…

संघीय निजामती सेवा ऐन, २०७५ को मस्यौदामा खरिदार, उपसचिव तथा सहसचिव पदमा खुला भर्ना लिने व्यवस्था हटाइए पनि लोकसेवा आयोगले नियमित प्रक्रियाअन्तर्गत असोजको अन्तिम साता खरिदारदेखि उपसचिवसम्म खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको छ ।

संघीय निजामती सेवा ऐन, २०७५ लागू नभएको कारण देखाउँदै आयोगले विद्यामान व्यवस्था अनुसार सबै पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो । निजामती सेवा ऐन, २०४९ अनुसार विज्ञापन निकाल्ने तयारी गरिएको आयोगले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा लगेको संघीय निजामती सेवा ऐन, २०७५ को मस्यौदा संशोधन नभई कार्यान्वयनमा आए आयोगले अबदेखि खरिदार, उपसचिव र सहसचिव पदको विज्ञापन नगर्ने खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर