newskoseli.Com

सैनिक हेलिकप्टरमा ८ सय घन्टा उडान, ‘भीआईपी’ को लर्को

सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ वर्षको अवधिमा ८ सय घन्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् ।

दिनको १२ घन्टा निरन्तर हेलिकप्टर उडाउने हो भने यो समय (८०० घन्टा) को ६७ दिन हुन आउँछ । यो उडान अघिल्लो आर्थिक वर्षको भन्दा धेरै हो । नेपाली सेनाबाट प्राप्त तथ्यांक अनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट आयोजित विभिन्न कार्यक्रममा उपत्यकाबाहिर जाँदा ‘विशिष्ट व्यक्ति’ ले करोडौं रुपैयाँ खर्च हुने गरी सैनिक हेलिकप्टर प्रयोग गरेका हुन् ।

कतिसम्म भने, काठमाडौंबाट मुस्किलले २० किमी दुरीमा रहेको काभ्रे जाँदा पनि सैनिक हेलिकप्टर नै प्रयोग गरिएको खबर बिहीबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर