newskoseli.Com

काठमाडौं–तराई द्रुतमार्गको ‘डीपीआर’ कोरियाली कम्पनीले बनाउने

कम समय र खर्चमा राजधानीबाट तराईसम्म आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौं–तराई द्रुतमार्ग (एक्सप्रेस–वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न कोरियाको सुसुङ कम्पनी छनोट भएको छ ।

‘राष्ट्रिय गौरवको आयोजना’ का रुपमा पहिलो प्राथमिकतामा रहेको उक्त द्रुतमार्ग निर्माणका लागि ४ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न कम्पनी छनोट भएको नेपाली सेनाले जनाएको छ । द्रुतमार्ग आयोजनाका प्रमुख नेपाली सेनाका उपरथी योगेन्द्रबहादुर खाँणले काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि दक्षिण कोरियाको सुसुङ कम्पनी छनोट भएको जानकारी दिए ।

छनोट भएको १५ दिनभित्र सरोकारवाला पक्ष र सम्बन्धित कम्पनीबीच सम्झौता भइसक्नुपर्ने प्रावधान सार्वजनिक खरिद ऐनमा रहेको छ । सम्झौता भएको ४ महिनाभित्र डीपीआर तयार भइसक्ने जानकारी समेत आयोजना प्रमुख खाँणले दिए । कोरियाली कम्पनीले करिव १० करोड १५ लाख रुपियाँको लागतमा डीपीआर तयार पार्ने खबर बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर