newskoseli.Com

देउरानी–जेठानीबीचको झगडाले शिशुको मुखमा एसिड !

तुर्माखाद गाउँपालिका– ४, चिसीका ६ महिने मुस्कान बयकको मुखमा एसिड छ्यापिएको घटना पारिवारिक कलहकै कारण भएको खुलेको छ ।

पारिवारिक कलहकै कारण आफैंले एसिड छ्यापेको उनकी २१ वर्षीया काकी जानकी बयकले प्रहरीसमक्ष स्वीकारेकी छन् । मृतककी आमा र जानकी घरका जेठानी–देवरानी हुन् भने माइतीघरका पनि सहोदर दिदी–बहिनी समेत हुन् ।

बेला–बेला झगडा पर्ने गरेको मुस्कानका बुबा महावीरले बताए । –मेरो छोरो गर्भमा हुँदा नै छोरो जन्मिए ज्युँदो नराख्ने धम्की जानकीले दिएकी थिइन्,’ उनले भने– ‘मेरी श्रीमतीले उनलाई २ सय ५० रुपैयाँ तिर्नुपर्ने थियो, पैसा तिर्न आलि ढिलो भएपछि उनले भदौ २९ मा झगडा गरेकी थिइन् र त्यसै दिन अबको २ दिनपछि तलाईं देखाइदिन्छु भनेकी थिइन् । नभन्दै २ गते छोरामाथि यस्तो घटना भयो ।’ प्रहरीसँगको बयानमा जानकीले भनेकी छन्– ‘बच्चा रुन थालेपछि पानी हो भनेर २ थोपा खुवाएकी हुँ ।’

बयानका क्रममा दिदी–बहिनीको झगडा भइराख्ने र २९ गते पनि लेनदेनका विषयमा भनाभन भएको उनले स्वीकारेको प्रहरीले जनाएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर