newskoseli.Com

प्लास्टिक मात्रै डेढ करोडको गायब ! डीडीसीमा यस्तो चलखेल…

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध–दही प्याकेजिङ गर्ने प्लास्टिक (पोलिथिन फिल्म) ग्लोबल टेन्डरमार्फत आयात गर्छ । एक केजी प्लास्टिकबाट डीडीसीले ३ सय ८८ प्याकेट दूध र ३ सय प्याकेट दही प्याकिङ गर्छ ।

आर्थिक वर्ष २०७३–७४ मा ८० लाख ८७ हजार रुपैयाँको प्लास्टिक बढी खपत भएको देखियो । यो मूल्य बरारबरको प्लास्टिकमा दूध–दही प्योकिजङ भएकर बिक्री भएको हिसाब देखिएन । ‘यति ठूलो परिमाणको प्लास्टिक केमा खपत भयो ?’ डीडीसी स्रोतले भन्यो– ‘यो डीडीसीभित्र वर्षौंदेखि चल्दै आएको ठूलो अनियमितता रहेछ ।’

‘किसानको दूध संकलन गर्ने चिस्यान केन्द्रमा बढी गुणस्तरको दूध संकलन गर्ने, दूध प्याकेजिङ गर्ने आयोजनामा चलखेल गरी पानी थपेर चोर बाटोबाट दूध–दही बजारमा पठाउने धन्दा हुने रहेछ ।’ गत माघमा लैनचौरबाट दही चोरेर लैजाँदै गरेका एक कर्मचारीलाई चेतावनी दिएर छाडिएको थियो । सरोकारवाला कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतले ध्यानै नदिएको स्रोतले बतायो ।

डीडीसी स्रोतले उपलब्ध गराएको कागजात अनुसार, यस अघिको वर्ष २०७२–७३ मा १ करोड ७ लाख १७ हजार रुपैयाँ बराबरको प्यलास्टिक बढी खपत भएको देखियो । यसअघिको जर्ष पनि त्यसै भएको देखिन्छ । ‘हामी सबै वर्षका कागजात खोजिरहेका छौं’, स्रोतले भन्यो– ‘दुई आर्थिक वर्षमा करिब डेढ करोड रुपैयाँको त प्लास्टिक मात्रै घोटाला देखिएको छ ।’

डीडीसीभित्रको अनियमितताको यो खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर