newskoseli.Com

सिङ हेरेर मात्रै किन्नोस् है दसैंमा खसी–बोका !

नेपालीको महान् चाड दसैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य सहरमा भित्रिने खसी–बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले राजधानी भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको हो । राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी, बोका, राँगा, भैंसीको सिङमा महानगरपालिकाले दुई प्रकारका रङ लगाउने भएको छ ।

हरियो चिह्न लगाए स्वस्थ र रातो चिह्न लगाए अस्वस्थ हुने भएकाले महानगरपालिकाले सर्वसाधारणलाई त्यसप्रति सचेत रहन आग्रह गरेको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर