newskoseli.Com

प्रधानमन्त्री ओली किन जाँदैछन् कोस्टारिका ?

संयुक्त राष्ट्रसंघको ७३औं साधारणसभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली त्यहाँबाट फर्कनुअघि भ्रमणदलका सदस्यसहित कोस्टारिका पनि पुग्दैछन् ।

१६ अगस्ट, १९७७ मै कूटनीतिक सम्बन्ध स्थापना भए पनि यो मध्यअमेरिकी देशसँग द्विपक्षीय लेनदेनका मामिला खासै भएको इतिहास छैन । यस्तोमा चार दिन त्यहाँ बस्ने गरी एकाएक ओली किन जाँदैछन् कोस्टारिका ?

परराष्ट्र मन्त्रालयका अधिकारी भन्छन्– ‘औपचारिक भ्रमण ।’ परराष्ट्रका अनुसार ओलीले कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभरादो क्युसेदासँग द्विपक्षीय भेटवार्ता गर्दैछन् । यसका अलावा उनले कोस्टारिकाको सबभन्दा ठूलो सहर सान जोसमा नेपालले स्थापना गरेको शान्ति र हालैका प्रगतिबारे प्रवचन दिने कार्यक्रम पनि तय भएको छ ।

उनी त्यहाँ पत्नी राधिका शाक्य र भ्रमण दलका २० भन्दा बढी सदस्यसहित सेप्टेम्बर २९ मा पुग्नेछन् भने अक्टोबर ३ मा काठमाडौंका लागि उड्ने खबर शनिबारको पत्रपत्रिकामा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर