newskoseli.Com

‘अराजक’ बजारसामु, सरकार ‘निरीह’ : दसैंको मुखमा बढ्यो यातायात भाडा, मूल्यवृद्धिको ढोका खुल्यो !

४ वैशाखमा सरकारले सम्पूर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुनै पनि समिति नवीकरण नहुने स्पष्ट पारेको थियो । तर, खारेज भइसकेको यातायात व्यवासयी राष्ट्रिय महासंघसँग वार्तामा बसेर उसैको मागअनुसार सरकारले दसैंको मुखैमा यातायातमा भाडा वृद्धि गरेको छ ।

यातायात मन्त्रालय र महासंघका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १० प्रतिशत भाडा बृद्धि गर्ने ‘सहमति’ भएको हो । भाडा वृद्धि आइतबारबाटै लागू गर्ने निर्णय भएको विभागले जनाएको छ । गाडीभाडा बढाउने निर्णयसँगै व्यवसायीहरु दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्न सहमत भएको विभागको दाबी छ ।

‘भोलि (आइतबार) बाटै सबै ठाउँको अग्रिम टिकट बुकिङ खुल्छ,’– यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपध्यायले भने– ‘भाडा बृद्धिका सहमतिपछि व्यवासायीहरुले टिकट बुकिङ खोल्छौं भन्नुभएको छ ।’,

‘सिन्डिकेट खारेजी’ ले समेत हावा खाएको र जनतामारा व्यवसायीसँग सरकार लत्रेको यो खबर अर्जुन पौडेल/अजित अधिकारीको बाइलाइनमा आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर