newskoseli.Com

व्यवसायीको दादागिरी : दसैंको मुखमा सधैं किन हुन्छ ग्यास अभावको त्रास ?

उद्योगीले आफ्नो माग पूरा गर्न दबाब दिने उद्धेश्यले वर्सेनि दसैंअघि ग्यासको कृत्रिम अभाव सिर्जना गर्दै दादागिरी गर्ने गरेका छन् । ग्यास उद्योग संघले यस पटक पनि साताअघि पत्रकार सम्मेलन गरेर ग्यास ढुवानी गर्ने बुलेटको भाडादर नबढाइए आपूर्ति ठप्प पार्ने धम्की दिएको छ ।

भारतीय बुलेटधनीको मागअनुसार तत्काल भाडादर समायोजन नभए दसै–तिहारजस्ता चाडपर्वमा ग्यासको हाहाकार हुन सक्ने संघको धम्की छ । निगमले उद्योगीलाई प्रतिसिलिन्डर २८१.०५ रुपैयाँ दिँदै आएको छ । यो रकम उद्योगीलाई एकमुष्ट यो दिएर प्रतिसिलिन्डर १४ सयमा बेच्दा निगमलाई ३०९.७९ रुपैयाँ नोक्सान छ ।

उद्योगीले भनेजस्तो ढुवानी खर्च बढाइदिँदा उपभोक्ता मूल्य र निगमको नोक्सानि बढ्नेछ । उद्योगीले ७–८ वर्षदेखि नै हरेक दसैंअघि यस्तै दादागिरपूर्ण ‘आन्दोलन’ गर्दै आएको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर