newskoseli.Com

पूर्वडीएसपीविरुद्ध बुहारीको उजुरी ! फेसबुकले निम्त्याएको लफडा…

सामाजिक सञ्जाल ‘फेसबुक’ म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई ‘आपत्तिजनक शब्द’ प्रयोग गरेको एक उजुरीमा प्रहरीले ‘बेवास्ता’ गरेको खबर प्रकाशमा आएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलाई प्रहरीले उल्टै ‘थुनिदिने’ धम्की दिएर फर्काईदिएका हुन् । आफ्ना जेठाजु कृष्णकुमार खड्काले आफूलाई अपशब्द प्रयोग गरेको भन्दै उजुरी दिन पुगेकी समुना खड्कालाई प्रहरीले फर्काइदिएको हो ।

नेपाल प्रहरीका पूर्वडीएसपी समेत रहेका खड्काले फेसबुक म्यासेन्जरमा लेखेका आपत्तिजनक शब्दको ‘स्क्रिनसट’ (प्रमाण) सहित महाशाखामा उजुरी गर्न गएकी थिइन् समुना । तर, महाशाखाका प्रहरी निरीक्षक लीलाराज डाँगीले पीडित समुनालाई धम्क्याएर पठाए ।

समुना पूर्वडीएसपी खड्काका आफ्नै भाइ दिलीपकुमार खड्काकी श्रीमती भएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर