newskoseli.Com

मेलम्ची आयोजनाको सिमेन्ट ड्राइभरले अन्तै बेचिदिएपछि…

मेलम्ची खानेपानी आयोजनाका लागि ल्याइएको सिमेन्ट चालकले तारामाराङको एक पसलमा बेचेको खुलासा भएको छ ।

ना ५ ख १०२७ नम्बरको १० चक्के ट्रकमा ल्याइएको उक्त सिमेन्ट ओजानको स्टोरमा ‘बुझेको’ देखाएर बाहिर बिक्री गरेको प्रहरीले जनाएको छ । आयोजनाको मुहानस्थित अम्बाथानमा ३ सय ४० बोरा सिमेन्ट ‘अनलोड’ गराएको भर्पाइ गराएर चालकले असोज २ मा सिमेन्टसहितको ट्रक राजधानीतर्फ लगेका थिए ।

मेलम्ची प्रहरीका अनुसार ट्रकको टायर ‘पञ्चर’ भएपछि चालकले उक्त सिमेन्ट स्थानीय तारामाराङको एक पसलमा बेचेका थिए । पसलेको नाम भने प्रहरीले बताएको छैन । यो सूचनाका आधारमा प्रहरीले पसलबाट सिमेन्ट नियन्त्रणमा लिएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर