newskoseli.Com

खानेपानी लिन समेत भारत जान बाध्य यी नेपाली…

नेपालीहरु सामान किनमेलका लागि सीमवर्ती भारतीय बजारमा जानु नौलो कुरा होइन ।

तर, दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोइलावासका स्थानीयलाई भने खानेपानीका लागि समेत भारत पुग्नुपर्ने बाध्यता छ ।

वर्षौंदेखि कोइलाबासका स्थानीयले भारतीय सुरक्षा फोर्स एसएसबीले गाडेको बोरिङबाट पानी ल्याएर गुजारा चलाउँदै आएको सो क्षेत्रका प्रदेश सांसद इन्द्रजित थारुले बताएका छन् । बेला–बेलामा भारतीय पक्षले त्यही पानी पनि बन्द गरिदिन्छ ।

नेपालीलाई पानी दिएवापत एसएसबीले नेपालको बिजुली प्रयोग गरेको छ । गत चैतमा विद्युत् महशुलका विषयमा विवाद हुँदा एसएसबीले पानी दिन बन्द गरिदिएपछि कोइलावास काकाकूल बनेको थियो ।

सभासद थारुका अनुसार करिव दुई सय घरपरिवार रहेको कोइलावासमा अहिलेसम्म खानेपानीका लागि एउटा मात्रै बोरिङ छ । त्यही बोरिङ पनि गर्मीयाममा सुक्ने गरेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर