newskoseli.Com

सांसद बन्न गौतमका दर्जन प्रयास : ओलीलाई ‘घेराबन्दी’ गर्न प्रचण्डको ‘वामदेव कार्ड’ !

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वर्दिया– १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन एमालेका उपाध्यक्ष) वामदेव गौतम उपनिर्वाचनमार्फत संसदमा जान लागिपरेका छन् ।

०७० को निर्वाचनमा जन्मथलो प्यूठानबाट उम्मेदवार बनेका उनी ठूलो मतान्तरले विजयी बनेका थिए । तर, वर्दियामा तत्कालीन एमाले र माओवादी गठबन्धनको मत कांग्रेसको भन्दा धेरे हुँदा पनि उनले निर्वाचनमा सफलता प्राप्त गर्न सकेनन् । उनी कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित बने । यसअघि ०५६ र ०६४ का निर्वाचनमा पनि गौतमले हार व्यहोरेका थिए ।

निर्वाचन हारेयता गौतमले पुनः सांसद बन्नका लागि झन्डै एक दर्जन प्रयास गरेका छन् । तर, उनका प्रयास भने निरन्तर असफल हुँदै गइरहेका छन् । निर्वाचनमा पराजय भोगेपछि गौतमले सुरुमा बर्दिया– २ कै माओवादी केन्द्रका सांसद सन्तकुमार थारूलाई राजीनामा गराएर संसद बन्ने प्रयास गरेका थिए । त्यसका लागि उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई साथ लिएर बर्दिया– २ मा सांसद बन्ने प्रयास गरेका थिए ।

सांसद थारू उनलाई पद छोड्न तयार नभएपछि त्यो प्रयास असफल भएको थियो । त्यसपछि उनले दाहालकै सहयोगमा पूर्वी रुकुममा कमला रोकालाई राजीनामा गराएर सांसद बन्न खोजेका थिए । तर, उनको त्यो प्रयास पनि असफल भयो ।

ओलीलाई घेराबन्दी गर्न प्रचण्डको ‘वामदेव कार्ड’ !

वामदेवले निर्वाचन हारेपछि उनलाई संसदमा ल्याउन पार्टी अध्यक्ष पुष्पकमल दाहालले भूमिका खेलिरहेको पूर्वएमालेका एक नेता दाबी गर्छन् । दाहालले अर्का अध्यक्ष ओलीसँगको आफ्नो बार्गेनिङ बलियो बनाउन वामदेवलाई सांसद बनाउन लागिपरेको ती नेता बताउँछन् ।

‘अहिले अध्यक्ष दाहालको भूमिका सेरमोनियल मात्र हो, उहाँ आफ्नो भूमिका बढाउन चाहनुहुन्छ, त्यसका लागि वामदेवलाई कार्डका रूपमा प्रयोग गर्न सांसद बनाउन लागिरहनुभएको छ’– ती नेताले भने । ओलीलाई घेराबन्दी गर्ने रणनीति अनुसार दाहालले नै गौतमलाई अघि सारेको ती नेताको दाबी रहेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर