newskoseli.Com

पूर्वराजा ज्ञानेन्द्र ४ देशको ‘रहस्यमय भ्रमण’ मा !

पूर्वराजा ज्ञानेन्द्र शाहले २०७५ को असोज महिना पूरै विदेशमै रमाएर बिताउने कार्यक्रम रहेको थाहा भएको छ । उनका ती भ्रमणहरु राजनीतिदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् ।

देश–देशावरको यात्रामा निस्केका ज्ञानेन्द्र शाह अहिले श्रीलंकाको राजनीतिक भ्रमणमा व्यस्त छन् । २०७५ भदौ २९ देखि थाइल्याण्ड भ्रमणमा निस्केका शाहले एक महिना पूरै विदेशमा बिताउने भएका हुन् ।

२९ भदौमा विदेश भ्रमणमा निस्केका पूर्वराजा शाह ३० असोजमा मात्र नेपाल आइपुग्नेछन् । यो समयमा उनले थाइल्याण्ड, श्रीलंका, भारतदेखि माल्दिभ्ससम्मको यात्रा गर्नेछन् । पूर्वराजा शाहको परिवारले थाइल्याण्डमा शुद्ध पारिवारिक भ्रमण सम्पन्न गरेको छ ।

पूर्वअधिराजकुमारी हिमानी शाहका छोरीहरु पूर्णिका र कृतिकासँग भेटघाट गरेपछि पूर्वराजपरिवारको टोली अहिले श्रीलंका पुगेको खबर सोमबारको साँघु साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर