newskoseli.Com

प्रहरीकै निष्कर्ष : निर्मला प्रकरणमा प्रहरी अधिकृतबाटै ‘गम्भीर लापरबाही’

निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर प्रहरी प्रधान कार्यालयले गरेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुबाट ‘गम्भीर प्रकृतिको लापरबाही भएको’ ठहर एआर्इजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले गरेको हो ।

तत्कालीन समयमा फिल्डमा खटिएका प्रहरी अधिकृतहरुले लापरबाही गर्दा प्रहरी संगठनको समेत बदनाम भएको समितिले जनाएको छ । गल्ती गर्ने अधिकृतहरुलाई कारबाही गर्न प्रहरीले कानुन शाखाका प्रहरी उपरीक्षक एसपी गणेश रेग्मीको संयोजकत्वमा छुट्टै टोली बनाएको छ ।

अनुसन्धानको पाटोमा कहाँ कमजोरी भएको हो भन्नेबारे अनुसन्धान गर्न डीएसपी रमेश थापा खटिएका छन् भने प्रविधिको अनुसन्धान गर्न डीएसपी कौशल अधिकारी खटिएका छन् । उनीहरुलाई सहयोग गर्न महानगरीय अपराध महाशाखाका प्रहरी नायव निरीक्षक गजेन्द्र रावल खटिएका छन् ।

प्रहरी प्रधान कार्यालयले उनीहरुलाई शनिबारदेखि नै काम लगाएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार तत्कालीन एसपी डिल्लीराज विष्टले प्रयोग गरेका चारवटा मोबाइल सिम सबै थुतेर अनुसन्धान भइरहेको छ । साथै, उनको पोलिग्राफ टेस्ट र डीएनए परीक्षणको रिपोर्ट आएपछि मात्रै थप विवरण सार्वजनिक गरिने पनि स्रोतले जनाएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर