newskoseli.Com

डीएसपी सा’बलाई आफ्नै बुहारी ‘सेक्सी’ लागेपछि… !

फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ । प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरूपयोगको परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै मान्छे बर्बाद भएका छन् ।

नेपाल प्रहरीका एक पूर्वडीएसपी पनि अहिले ‘फेसबुकको लफडा’ मा फसेका छन् । आफ्नी भाइबुहारीलाई ‘अश्लील सन्देश’ पठाएको तथा फोटोमा चरित्रहत्या गर्ने गरी ‘कमेन्ट’ गरेको आरोपमा पूर्वडीएसपी कृष्णकुमार खड्का क्षेत्री पक्राउ परेका हुन् ।

उमेरले करिव ६ दशक पुगेका उनलाई ‘फेसबकुको लत’ रहेछ । साथीभाइ तथा आफन्तको फोटो र ‘स्ट्याटस’ मा ‘कमेन्ट’ गरिरहने मात्र होइन, उनी म्यासेन्जरमा ‘म्यासेज’ पनि पठाइरहन्थे । त्यही क्रममा उनले आफ्नी बुहारीको फोटोमा ‘सेक्सी’ भनेर ‘कमेन्ट’ गरे । बुहारी आश्चार्यमा परिन् ।

उनले अन्य फोटाहरूमा पनि त्यस्तै गरी ‘कमेन्ट’ गर्दै गए । पछि त ‘च्याट’ मा नै अश्लील ‘म्यासेज’ हरु पठाउन थालेपछि उनकी बुहारी हैरान भइन् र प्रहरीमा पुगिन् । काठमाडौंमा होस्टल चलाउने ती महिला असोज २ गते उजुरी लिएर महानगरीय अपराध महाशाखा पुगिन् ।

महाशाखाले उनलाई फोन गर्‍यो । उनी भूपू डीएसपी भएको पत्ता लाग्यो । नेपालगञ्ज बस्ने उनलाई काठमाडौं ल्याइयो । गत शुक्रबार उनलाई महाशाखाले बोलाएको र उनले बुहारीलाई पठाएका ‘म्यासेज’ देखाएको खबर मंगलबारको दृष्टि साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर