newskoseli.Com

सुत्केरी गराउँदा आधा पाठेघर सिलाइयो, अरु बच्चा जन्मने बाटै बन्द !

चिकित्सकको चरम लापरबाहीका कारण एक महिलाले पीडामा बाँच्नुपर्ने भएको छ । सल्यानकी पार्वती गजुरेल महताराले परोपकार प्रसूति गृह, थापाथलीमा १० वर्षअघि शल्यक्रिया गरेर पहिलो बच्चा जन्माएकी थिइन् । शल्यक्रियाका क्रममा चिकित्सकले पाठेघरको आधा भाग सिलाइदिएपछि उनको दोस्रो बच्चा जन्माउने चाहना अधुरै रहने भएको छ ।

शल्यक्रिया गर्दा पाठेघरको आधा भाग सिलाएको पुष्टि भएपछि उनले प्रसूतिगृह र शल्यक्रियामा संलग्न चिकित्सक डा. ज्योत्सना शर्माविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएकी छन् । पाठेघर आधा सिलाइएकै कारण अर्को बच्चा हुने सम्भावना टरेको संकेत उपचारमा संलग्न चिकित्सकले दिएका छन् ।

पहिलो बच्चा जन्माउन शल्यक्रिया गर्दा उनलाई धेरै पटक पेट दुखेर रक्तस्राव हुन थाल्यो । पटक–पटक स्वास्थ्य परीक्षण गराउँदा रोग पत्ता लागेन । त्यसपछि उनी ओम अस्पताल पुगिन् । अस्पतालका चिकित्सक जागेश्वर गौतम र सुपात्र कोइरालाले पाठेघरको आधा भाग सिलाइएका कारण अर्को बच्चा नहुने र सधैंभरि पेट दुखेर रक्तस्राव भइरहने रिपोर्ट असार १६ मा दिएपछि पार्वतीले डा. शर्मा र प्रसूतिगृहविरुद्ध उजुरी गरेको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर