newskoseli.Com

दुई जना ‘जेठाजु’ को यहाँसम्मको हर्कत ! आफूमाथि बारम्बार बलात्कार गरेको बुहारीको खुलासा

बुहारी बलात्कार गरेको आरोपमा दुई जना जेठाजु पक्राउ परेका छन् । थाक्रे गाउँपालिका– ११ की २२ वर्षीया बुहारीलाई बारम्बार बलात्कार गरेको अरोपमा ३५ वर्षीय र २९ वर्षीय दुई जना ‘जेठाजु’ हरूलाई प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई दुई वर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि धादिङ प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको हो । पछिल्लो पटक माइलो जेठाजुले असोज ५ मा तथा जेठो जेठाजुले साउन २८ मा आफूलाई बलात्कार गरेको पीडित बुहारीको भनाइ छ ।

जेठाजुहरुले आफूलाई बलात्कार गर्न अरु मानिसहरुलाई समेत पठाएको पीडितको आरोप छ । अन्याय सहन नसकेर अन्ततः आफू न्यायका लागि गुहार्न आएको उनले बताएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर