newskoseli.Com

किन जलाइयो निर्मला पन्तले लगाएको लुगा ? गम्भीर लापरबाहीको गृहमन्त्रीबाटै खुलासा…

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरी प्रशासनको गम्भीर लापरवाही भेटिएको स्वीकार गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जोसुकै दोषी पाइए पनि कारबाही गरिछाड्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै गृहमन्त्री थापाले निर्मला हत्याकाण्डका दोषीको पहिचान गर्न केही समय धैर्य गर्नुपर्ने बताए । समितिमा सत्तारुढ नेकपाका सांसद झपट रावल, रेखा शर्मा, विजय सुब्बा, प्रमुख प्रतिपक्षी कांग्रेसका अमरेशकुमार सिंहलगायतका सांसदले निर्मला हत्याकाण्डमा प्रहरी प्रशासनले नै प्रमाण नष्ट गर्ने र दोषी उम्काउने भूमिका खेलेको भन्दै गृहमन्त्री थापासँग असन्तुष्टि जनाएका थिए ।

जवाफमा गृहमन्त्री थापाले प्रहरी प्रशासनको कमजोरी स्वीकार गरे । ‘११ गते नै निर्मलाका बुबाको औंठाछापसहित मुचुल्का उठाइएको रहेछ,’ उनले भने– ‘जबकि निर्मालाका बुबा भोलिपल्ट १२ गते मात्र भारतबाट नेपाल फर्केका रहेछन् ।’ यस्तै, निर्मलाले लगाएको लुगा सुरक्षित गर्नुको साटो जलाइनु पनि प्रहरीको गम्भीर कमजोरी भएको उनले स्वीकार गरे । ‘यस्तो घटनामा त लुगा सुरक्षित राख्नुपर्ने हो,’ उनले भने– ‘त्यहाँ त मृतकले लगाएको लुगा जलाउन लगाइएको रहेछ ।’

साउन १० मा साथीको घरबाट फर्केपछि हराएकी निर्मलाको साउन ११ गते शव फेला परेको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर