newskoseli.Com

श्रीमती हत्याका आरोपी श्रीमान् पक्राउ

पोखरा महानगरपालिका– ३२ को खुदीखोला सुकुम्वासी वस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । उनी बुधबार राति घरमै श्रीमतीको हत्या गरेर भागेका थिए ।

बिहानैदेखि घटनास्थल पुगेको सङ्घीय इकाई प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासका क्रममा यानबहादुर गुरुङलाई पक्राउ गरिएको हो । ५५ वर्षीय यानबहादुरले आफ्नै ६० वर्षीया श्रीमती श्रीमाया गुरुङको हत्या गरेका खुलासा भएको छ ।

आफूले हत्या गरेको खबर छिमेकीलाई छाडेर उनी भागेको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् । श्रीमतीलाई प्यारालाइसिस भएको बताइएको छ । हत्यापछि शवलाई बोरामा पोको पारेर घरभन्दा केही पर फालेपछि ‘मैले बूढीलाई मारें’ भनेर हिँडेका गुरुङलाई प्रहरीले धानबारीबाट पक्राउ गरेको सरकारी सञ्चार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर