newskoseli.Com

वडाध्यक्षको हर्कत : मोटरसाइकल चलाउन पनि ‘ड्राइभर’ भर्ना !

राज्यका ‘उच्च ओहदा’ मा पुगेका नेता वा सरकारी अधिकारीले गाडी र चालक समेतको ‘सुविधा’ लिनु नौलो कुरा होइन । तर, गुल्मीको इस्मा गाउँपालिका– २ का अध्यक्ष टीका रेग्मीले भने ‘मोटरसाइकल चालक’ को ‘सुविधा’ लिएका छन् ।

उनले दैनिक कार्यसम्पादनका लागि ‘मोटरसाइकल चालक’ भर्ना गरेका हुन । गाउँपालिाका कार्यालय वा अन्यत्र जान उनले लु १ ब १४८० नम्बरको मोटरसाइकल प्रयोग गर्दै आएका छन् । र, मोटरसाइकल चलाउन नजान्ने उनले रमेश घिमिरेलाई ‘चालक’ राखेका छन् ।

जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला जनप्रतिनिधिले नै ‘मोटरसाइकल चालक’ सम्म पनि भर्ना गरेपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन् । चालक घिमिरेको काम वडाध्यक्षलाई मोटरसाइकलमा राखेर उनले भनेका ठाउँसम्म पुर्‍याउनु भएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर