newskoseli.Com

मलेसियामा फेरि युनिक धमाका, ख्याती प्राप्त कलाकारहरुको सहभागीता रहने

मलेसिया मा रहेका व्यापारी हरुको समुहले आयोजना गर्ने युनिक धमाका यश बर्ष पनि हरिराया को अबशर परि आयोजना हुने भयको छ ।

युनिक धमाका १ को सफलता पछि मलेसिया मा रोजगारिको सिलसिलामा रहनुहुने नेपालीहरुको बिदाको दिनहरुमा मनोरन्जन प्रदान गर्ने उदक्षले कार्यक्रम आयोजना गर्न लागियको र सम्पुर्ण नेपालि दर्शकहरु ले प्रतीक्षा गरिरहेको युनिक धमाका मलेसिया को विभिन्न स्थान मा आयोजना गरिने कार्यक्रम का प्रमुख आयोजक तथा व्यापारी नवीन खडकाले जानकारी दिए ।

यसपालीको युनिक धमाकामा देशका चर्चित गायक गायिकाहरुले मलेसियामा रहेको नेपालीहरुलाई मनोरञ्जन दिने छन् ।

नबिन खड्काले भने हामी सबै तयारीको साथ लागिरहेका छौं । छिट्टै नै सबै कुरालाई हाम्रो तयारी पुरा हुनेछ उनले भने ।

यसपाली युनिक धमाका २ मा पनि देशमा चर्चा बटुलेका ख्याती प्राप्त कलाकारहरु सहभागी हुन लागेको आयोजक भिमसेन केसीले जानकारी दिए ।

उनले भने पहिलो पटकमा सबै अनुभुती थिएन यसपाली कसरी काम गर्ने भन्ने समेत जानकारी भएकोले सहज रुपमा कार्यक्रम गर्ने बताए ।

युनिक धमाका २ लागि यश बर्ष पनि देश मा चर्चा कमायका गायक गायिका डान्शर ले मलेसिया मा रहनु हुने नेपाली हरु लाई भरपुर मनोरन्जन दिने छन ।

यो बर्षको युनिक धमाका २ मा लोक तथा आधुनिक गायक रोशन सिङ लोक पप गायिका सिर्जना खत्री हाउडेमाया लोक दोहोरी गायिका मन्जरी गुरुङ डान्सर बिनुखडका गायक तथा उदघोषक बिक्रम जंग शाह आधुनिक गायक आइडिप प्रधान लोक गायक प्रकाश योगि ठाकुर ओझा का साथै स्थानिय कलाकार को बेजोड प्रस्तुती रहने अर्का व्यापारी तथा प्रमुख आयोजक भिमसेन के सिले जानकारी दिए ।

युनिक धमाका २ जुलाइ ५ तारिक सप्तरंगी रेस्टुरेन्ट मुहार जुलाइ ६ तारिक होटल रिभर भ्यु मुअर जुलाई ७ तारिक हाइश रेस्टुरेन्ट ग्रीसिक जुलाइ १० तारिक सप्तरंगी रेस्टुरेन्ट मुहार मा आयोजना हुने बताए ।

कार्यक्रम को सम्पुर्ण तयारी अन्तिम चरणमा रहेको र मलेसियामा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनीहरु लाई कार्यक्रममा उपस्थित भै कार्यक्रम को शोभा बडाइ कार्यक्रम सफल बनाइदिन हुन आयोजक नवीन खडकाले अनुरोध गरे ग्रेट कञ्चनजंघा एसडिएन बिएचडिको ब्याबस्थापनमा हुन लागेको कार्यक्रमको मिडिया पार्टर सुचनाकेन्द्र डटकम रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर