newskoseli.Com

कीर्ते गरेको अभियोगमा दुई उपसचिव पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई उपसचिवलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वरमा कार्यरत उपरजिस्ट्रार उपसचिवद्वय धर्मराज रोकााय र गंगाधार पौडेललाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा बिहीबार दिउँसो बबरमहलबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो ।

कीर्ते कागजपत्र बनाएर ७० करोड रुपैयाँ बराबरको धनसम्पत्ति बेचविखनमा संलग्न रहेको अरोप लागेपछि उनीहरु फरार भएका थिए । यसअघि सोही प्रकरणमा १२ जनालाई पक्राउ गरिएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर