newskoseli.Com

मन्दिरको ‘भेटी’ ले चलेका यी दुई स्कुल !

अर्घाखाँचीको सुपादेउराली मन्दिरमा शनिबार धेरै भीड हुन्छ । यस मन्दिरमा वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ। यही आम्दानीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन्, १० शिक्षकलाई तलब पुगेको छ ।

‘भेटी नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्भव थिएन,’ आदर्श माविका प्रधानध्यापक डिल्लीराज थापाले भने– ‘६ शिक्षकलाई तलब पुगेको छ ।’ यहाँका १८ मध्ये ४ जना शिक्षक मात्रै स्थायी छन् ।

‘भेटी’ कै रहमले शान्तिमा रहेका १० शिक्षकमध्ये ४ लाई तलब दिन पुगेको छ । मन्दिरबाट पैसा नआएको भए कक्षा ७ सम्म सञ्चालन गर्न असम्भव रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरासिंह गुरुङले बताए ।

मन्दिरबाट प्राप्त हुने रहमकै कारण धेरैजसो गुरुङ, मगर र दलितका छोराछोरी पढ्न सजिलो भएको उनले बताएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर