newskoseli.Com

मेलम्चीको पानी : पुस नलाग्दै काठमाडौंका घरघरमा !

मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले अबको दुई महिनामा मेलम्चीको खानेपानी काठमाडौं आउने दावी गरेका छन् ।

राष्ट्रियसभाको सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै आयोजना प्रमुख कँडेलले टनेललाई ६ भागमाा बाँडेर ‘फिनिसिङ’ गर्ने काम भइरहेको जानकारी दिए ।

आयोजनामा अब करिव १० किलोमिटर सुरुङमा मात्रै ‘फिनिसिङ’ को गर्न बाँकी रहेको उनले बताए । दैनिक २ सयदेखि २ सय ५० मिटरसम्म फिनिसिङको काम भइरहेको उनको भनाइ छ ।

आयोजनाका लागि आवश्यक सामग्रीहरु अबको तीन साताभित्र आइपुग्ने र भनेअनुसार काम भए टनेलको काम करिव डेढ महिनामा सकिने उनले बताए अनुसार ०७५ को पुस लाग्दानलाग्दै मेलम्चीको पानी काठमाडौंका घरघरमा आइपुग्ने खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर