newskoseli.Com

नेकपामा गुनासो : ‘एकता नटुंगिँदै पेलाइमा परियो’

नेपाल कम्युनिस्ट पार्टीका तेस्रो वरियताका नेता माधवकुमार नेपालले शुक्रबार स्थायी समतिका सदस्यहरूको भेला डाकेर पार्टीभित्र संस्थागत निर्णय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला नेता नेपालले पार्टीभित्र रहेको गुटबन्दी बाहिर ल्याएका हुन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएको चार महिना बित्दा समेत तल्ला कमिटीको एकीकरणमा विलम्ब भइरहेका बेला नेता नेपालसहितका नेताहरूले संस्थापन पक्षबाट पेलाइमा परेको गुनासो गरेका छन् ।

नेता नेपालले सार्वजनिक रूपमै पार्टी एकता प्रक्रिया र प्रवृत्तिबारे शुक्रबार मुख खोलेका हुन् । आफू विदेश भ्रमणबाट फर्किएपछि प्रदेश पदाधिकारीको टुंगो लगाउने पूर्वसहमतिविपरीत दुई अध्यक्षसहित सचिवालय बैठकले प्रदेश पदाधिकारीको टुंगो लगाएपछि नेता नेपाल असन्तुष्ट छन् ।

पार्टीका महत्त्वपूर्ण निर्णय गर्ने अधिकार स्थायी समितिलाई भए पनि त्यसविपरीत निर्णय हुन थालेको गुनासो गर्दै असन्तुष्ट पक्षले आएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर