newskoseli.Com

घट्दो छ प्रचण्डको राजनीतिक सक्रियता ! के भएको हो प्रचण्डपत्नी सीतालाई ?

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक वर्षदेखि पारिवारिक तनावमा छन् । पुत्रवियोगको शोकमा जीवनसंगिनी सीताको रोग थपिएको छ ।

उनको हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायनमा नेता प्रचण्डको परिधि नै खुम्चिएको छ । आठ महिनादेखि थलिएकी छन्, सीता । १० असोजमा सिंगापुरमा उपचार ‘फलोअप’ का लागि उनीसँग छोरी गंगा र भतिज समिर मात्रै जाने तयारी थियो । तर, सीताले प्रचण्डलाई पनि लैजान जोडबल गरिन् ।

र, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समेत देशबाहिर रहेका बेला उनी पार्टीका तल्ला कमिटीको एकीकरणमा रहेको व्यस्तता छाडेर पत्नीको उपचारमा सिंगापुर जानुपर्‍यो । ३० भदौमा चीन भ्रमणमा जाँदा समेत प्रचण्डले पत्नी सीता, छोरी र नातिनातिना सँगै लग्नुपरेको थियो ।

पारिवारिक स्रोत भन्छ– ‘पत्नीको बिरामी अवस्थाले अध्यक्ष प्रचण्डमा पहिलेजस्तो राजनीतिक सक्रियता मुस्किल भइरहेको छ ।’ प्रचण्डमा थपिएको पीडा र तनावबारेको यो खबर आइतबारको नेपाल साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर