newskoseli.Com

दसैं भत्ताका लागि मात्रै साढे ६ अर्ब निकासा…

सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिव साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ । दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन् ।

निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले जानकारी दिए । उनले भने– ‘एक महिनाको तलब बराबरको चाडपर्व खर्च अर्थ मन्त्रालयले निकासा गर्नेछ ।’

अर्थ मन्त्रालयका अनुसार सार्वजनिक पद धारण गरेका निजामती, सरकारी, शिक्षक र सुरक्षा निकायका कर्मचारीका लागि चाडपर्व खर्च अन्तर्गत ६ अर्ब ४७ करोड रुपैयाँ निकासा गर्न लागिएको छ । दसैं भत्ता र नियमित तलब गरी सरकारले कर्मचारीलाई दसैंमा करिव १३ अर्ब रुपैयाँ खर्च गर्नेछ ।

सरकारले आफ्ना कर्मचारीका लागि वार्षिक ८४ अर्ब १० करोड ५३ लाख रुपैयाँ खर्च छुट्टयाएको छ । यसरी सरकारले सरकारी कर्मचारीका लागि पारिश्रमिक तथा भत्तासहित कूल १ खर्ब १७ अर्ब ३३ करोड ४ लाख रुपैयाँ बजेटमा विनियोजन गरेको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर