newskoseli.Com

मालपोत प्रमुख उपसचिव तिम्सिनासहित ४ कर्मचारी कर्‍याप्प !

मालपोत कार्यालय, चाबहिलका प्रमुख उपसचिव कमलप्रसाद तिम्सिनासहित ४ कर्मचारीलाई महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार पक्राउ गरेको छ ।

बुढानीलकण्ठ नगरपालिका– ५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरेको उनीहरूमाथि अभियोग छ । पक्राउ पर्नेमा तिम्सिनासहित नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठ, कार्यालय सहयोगी रमेश श्रेष्ठ र मुकुन्द धिताल छन् ।

उक्त प्रकरणमा यसअघि मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नायब सुब्बा रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिना तथा बीचौलियाहरू ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई प्रहरीले पक्राउ गरेको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर