newskoseli.Com

यातायातका कर्मचारीको हर्कत : भ्रष्टाचार लुकाउन फाइल नै नष्ट !

आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने यातयात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाइल नै गायब बनाएका छन् ।

फाइल नष्ट गरे पनि उनीहरुले भ्रष्टाचार भने लुकाउन सकेनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुखसहित ५ कर्मचारीविरुद्ध प्रमाण लुकाएको अभियोग समेत थपेर आइतबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

कार्यालयका प्रमुख उपसचिव विश्वराज नेपाल, शाखा अधिकृतहरु कमलराज गौतम, शालिग्राम पौडेल र उमेश रेग्मी तथा नायब सुब्ब अबिन्दर दासविरुद्ध मुद्धा दाय भएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर