newskoseli.Com

माधव नेपालनिकट नेताहरुको निष्कर्ष : ‘नेतृत्व नसच्चिए देशव्यापी जागरण’ !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधमकुमार नेपालनिकट केन्द्रीय सदस्यहरुले ‘नेतृत्व नसच्चिए’ देशव्यापी जागरण अभियान चलाउने निष्कर्ष निकालेका छन् ।

‘पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र प्रक्रियाअनुसार पार्टी सञ्चालन गर्नेभन्दा पनि एकलौटी तरिकाले अघि बढ्न खाजेको देखियो,’ भेलाको संयोजनकर्तामध्येका एक केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने– ‘नेतृत्व सच्चिएन भने सर्वसत्तावादी खरिचत्रविरुद्ध देशभर कार्यकर्ताहरुलाई सचेत र संगठित गर्ने, सचिवालय र स्थायी समितिमा रहनुभएका नेताहरुलाई अडानका साथ बैठकमा प्रस्तुत हुन दबाब दिने, देशभर भ्रष्टाचार, कुशासनविरुद्ध आमजागरण पैदा गर्ने निष्कर्षमा पुगेका छौं ।’

नेता नेपालले स्थायी समिति सदस्यहरुका लागि ‘चियापान’ आयोजना गरेलगत्तै शुक्रबार उपलब्ध केन्द्रीय सदस्यहरुको भेला भएको थियो । भेलामा नेपालसहित उनीनिकट स्थायी समिति सदस्य भने सहभागी दिएनन् । भेलामा उपलब्ध ५० केन्द्रीय सदस्यले सचिवालयबाट हालै भएको पछिल्लो निर्णयमा केन्द्रित रहेर छलफल गरेको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर