newskoseli.Com

‘घोचपेचको राजनीति’ मा नेकपा : मैदानमा उत्रे दोस्रो तहका नेता…

पार्टी एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पूर्वएमाले खेमाभित्र आरोप–प्रत्यारोप चुलिएको छ ।

पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधवकुमार नेपालले संसद् बैठकमै आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु भएको घोचपेच राजनीतिमा अब दोस्रो तहका नेता समेत जोडिन पुगेका छन् ।

संसद् बैठकमा नेता नेपालले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गर्दै देश डुब्न लागेको बताएका थिए । संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले त्यसको जवाफमा भने– ‘म केही दिनका लागि संयुक्त राष्ट्रसंघतिर आएँ, केही नेताले लौ न देश डुब्न लाग्यो, कोही त आऊ र बचाऊ भनेको सुनियो, म फर्केर गइहाल्छु, त्यो समस्याको कुरा होइन ।’

घोचपेचको यही शृंखलामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि जोडिए । उनले नेता नेपाललाई लक्षित गर्दै ट्विट गरे– ‘मानिसको पतन त्यस समय सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन सुरु गरिन्छ ।’ सरकारको कामलाई लिएर संसदमा नेता नेपालले गरेको आलोचनातर्फ रिमालको ट्विट लक्षित थियो ।

नेता नेपालले सरकारको कामका बारेमा गरेको आलोचनालाई प्रतिपक्षीले समेत समर्थन जनाएका थिए । लगत्तै रिमालको ट्विटको जवाफ अर्का युवानेता योगेश भट्टराईले  ट्विटबाटै दिएका छन् ।

नेकपाभित्र सुरु भएको घोचपेचको राजनीतिबारेको यो खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर