newskoseli.Com

बालुवाटारमा बगैंचा सिंगार्न ५ करोड, मुख्यसचिवको आवासमा साढे ४ करोड !

साढे ५ करोड रुपैयाँ खर्चिएर प्रधानमन्त्री निवास बालुवाटारलाई रंगीचंगी बनाइएको छ । निवास छिर्नेबित्तिकै चारैतिर रंगीविरंगी बगैंचा बनाइएको छ ।

बगैंचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप (बगैंचा व्यवस्थापन) को कार्य अन्तिम चरणमा पुगेको छ । बगैंचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातमा सप्तरंगी देखिनेछ ।

सरकारले दुई वर्षअघि नै बालुवाटारमा बगैंचा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यसका नाममा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च गरेर भव्यता थपिएको छ । भीभीआईपीको आवास व्यवस्थापनको जिम्मेवारी पाएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले प्रधानमन्त्री निवास बालुवाटारको रूपरङ नै फेरिने गरी बगैंचा व्यवस्थापनको काम गरेको हो । त्यो काम अहिले अन्तिम चरणमा पुगेको छ ।

केही दिनभित्रै सरकारका मुख्यसचिव पनि बालुवाटारमै बस्नेछन् । मुख्यसचिवको अत्याधुनिक चारतले आवास निर्माणका लागि ४ करोड ५१ लाख खर्च भएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले जानकारी दिएको छ । आवासमा अत्याधुनिक पूजाकोठा र योग हल समेत छ ।

पूर्ण रूपमा नेपालीपन झल्कने र कलात्मक डिजाइनका साथ मुख्यसचिवको आवास बनाइएको कार्यालयले बताएको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर