newskoseli.Com

पैसा पुग्यो वैद्यकहाँ, बादलले बल्ल चाल पाए विप्लवको माग !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सरकारको ‘पटके नियन्त्रण’ बाट भर्खरै मुक्त भएर बाटो लागिसके ।

तर, तत्कालीन माओवादी कार्यकर्ता भने अचम्म मान्दैछन्– ‘रामबहादुर थापा ‘बादल’ आखिर किन प्रकाण्डको पछि यति धेरै हात धोएर लागेका होलान् ?’

एमाले–माओवादी केन्द्रबीच एकीकरणका दौरान विभिन्न बैठक र छलफल चल्दा युवा र विद्यार्थीको हकमा जटिलता आयो । अरु कुरा मिल्न छाडेपछि दुवैतिरका युवा कार्यकर्ता बागबाजरतिर गफिन थाल्दा पोहोर बादलसँग वैद्य समूह छाडी फर्किएका एक जनाले फ्याट्टै भने– ‘उमा भुजेललाई पनि त्यस्तै गर्नुपर्ने !’

तत्कालीन एमाले कार्यकर्ताले सोधे– ‘किन ?’

‘उनीहरुको झगडा रहेछ, करोडको । पार्टी फुटेपछि पनि प्रचण्डले खुसुखुसु मोहन वैद्यलाई खर्च दिने रहेछन् ।’

शायद, हिजोआज पनि उनले प्रचण्डबाट पैसा बुझेको हुनुपर्ने ती कार्याकर्ताको अनुमान थियो । तर, प्रकाण्ड गिरफ्तारी प्रकरणपछि विप्लवहरु प्रचण्डसँग सशंकित छन्, कुराकानी हुन छाडेका छन् ।

नत्र, तीन वर्षअघि प्रचण्डले वैद्यलाई रुपैयाँ दिँदा विप्वलालाई बोलाएर जानकारी दिएका थिए । तर, बादल बोलाइएनन् । वैद्यकहाँ पैसा पुगेपछि बल्ल बादलले चाल पाए– विप्वलले त्यसको आधा रकम आफूमार्फत खर्च हुनुपर्ने माग गरे ।

बादलले वैद्यलाई नदिने भन्दै थिए, त्यही दिनबाट हो, बादल र विप्वलवबीच चर्काचर्की परेको । पछि वैद्यले आफूसँग एक रुपैयाँ पनि नराखी आधा बादल र आधा विप्वलवलाई दिए । पैसा पाउनसाथ विप्वलव चीन गए ।

किन गए ? कसले बोलाएर गए ? पार्टीमा केही कुरा भनेका थिएनन् । वैद्यले सोध्दा पनि ‘साथीले बोलाएको’ मात्रै भनेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर