newskoseli.Com

अपराधको यो हद : ७४ वर्षीया वृद्धामाथि समेत बलात्कार !

डोटीमा एक वृद्धा बलात्कृत भएकी छन् । सोमबार बडीकेदार गाउँपालिका– ३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी हुन् ।

छिमेकी गाउँतिर जाने क्रममा जंगलको बीचमा बलात्कार गरिएको पीडितले बताएकी छन् । बाटोमा एक्लै हिँडिरहेका बेला पछाडिबाट आएका बोगटान गाउँपालिका– १, सिमचौर पान्सा घर भएका गणेश भनिने एकेन्द्र धामीले वृद्धालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । धामी अहिले प्रहरीको नियन्त्रणमा छन् । उनीविरुद्ध जबर्जस्ती करणी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिए ।

श्रीमतीलाई माइत पुर्‍याएर फर्कंदै गरेका धामीले वृद्धालाई बलात्कार गरेका हुन् । ‘त्यो मान्छे पछाडिबाट आउँदै थियो, मेरो घाँटीमा समातेर ‘दिन्छौ’ भनेर जबर्जस्ती गर्‍यो’– वृद्धाले भनेको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर