newskoseli.Com

तेल बोक्ने आयल निगमको ट्यांकरबाटै २९५ केजी गाँजा बरामद

तेल बोक्ने नेपाल आयाल निगमको ट्यांकरबाट मंगलार २ सय ९५ केजी गाँजा बरामद भएको छ ।

नेपालमा तेल खन्याएर भारतर्फ फर्कंदै गरेको ना ४ ख ३९६९ नम्बरको ट्यांकरबाट प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले गाँजा बरामद गरेको हो ।

ब्युरोले गुडिरहेको ट्यांकरलाई मकवानपुरको मनहरी– ७, रमनटारबाट नियन्त्रणमा लिएको छ । तस्करीमा संलग्न रहेको अभियोगमा ट्यांकर चालक जितपुर सिमरा, बाराका ३८ वर्षीय प्रह्लाद ठकुरी पक्राउ परेका छन् ।

इन्धन बोक्ने ट्यांकरबाट लागूऔषध तस्करी हुनु देशकै निम्ति लज्जाको विषय भएको ब्युरोका एसएसपी विश्वराज पोखरेलले बताएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर