newskoseli.Com

‘यौन दुर्व्यवहार’ मा पक्राउ परे स्वास्थ्यकर्मी पनि !

अरुको उपचार गरेर ज्यान बचाइदिने स्वास्थ्यकर्मी नै यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । इलाम नगरपालिका– १२ की १७ वर्षिया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाम अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी बुधबार पक्राउ परेका हुन् ।

इलाम आँखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी पक्राउ परेका हुन् । नवलपरासी स्थायी घर भई लामो समयदेखि इलाम अस्पतालमा कार्यरत सुवेदीले किशोरीलाई ‘यौन दुर्व्यवहार’ गरेको आरोप लागेको छ । पीडित किशोरीले उनीवरुद्ध जिल्ला प्रहरीमा किटानी जहेरी दिएपछि प्रहरीले ती स्वास्थ्यकर्मीलाई पक्राउ गरेको हो ।

आरोपित सुवेदीलाई मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको इलामका प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर