newskoseli.Com

जहाजमा आकाशमै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप !

भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ ।

असोज ५ गते दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट यती एयरको जहाजबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुकी ३० वर्षीया पुष्पा रायमाझीको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ । यती एयरको एटीआर ७२–५०० मा यात्रा गरिरहेकी पुष्पा भैरहवाबाट उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारको आरोप छ ।

विमान चढेको १० निमेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले भैरहवा नै फर्काएर छिटो उपचार गराउनेतर्फ ध्यान नदिँदा उनले ज्यान गुमाउनु परेको मृतक पुष्पाका काका विष्णुबहादुर रायमाझीले बताए । पुष्पा र उनकी फुपू माया खडका तथा ७८ वर्षीया हजूरआमा दाँतको उपचारका निम्ति काठमाडौं आउँदै गरेको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर