newskoseli.Com

‘बलात्कारी बूढा’ हरूले नै भरिँदैछ जेल !

‘बलात्कारी बूढाहरुले जेल भरिने भयो’– ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो । जिल्ला अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्न असोज ११ गते आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्डका आरोपी सब्जी बाजे कारागार चलान भएका हुन् ।

नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थात् वृद्धहरुलाई छुट्टै ठाउँमा राख्ने गर्दछ । सबै थुनुवासँग होइन कि वृद्धहरुलाई राख्न छुट्टै टहरा बनाइएको छ । ७८ वर्षका सब्जी बाजे कारागारको टहरामा पुग्दा ८० कटेका काल्चे दमाइँ र ७५ कटेका नैने दमाइँ पनि त्यहीं थिए ।

यी दुईबीचमा आफूजस्तै कपाल फुलेका ‘साथी’ थपिए सब्जी बाजे । काल्चे र नैने पनि ‘बलात्कार’ काण्डमा कारागार पुगेका हुन् । काल्चेले तीन वर्षअघि छिमेकी बालिकालाई घरमै बोलाएर जबरजस्ती गरेका थिए । आमा कामविशेषले छिमेकीको घरमा गएको बेलामा काल्चेले बालिकालाई जबरजस्ती गरेका थिए ।

नेपालगञ्ज कारागारका निमित्त जेलर श्याम लामिछानेका अनुसार बलात्कारी थुनुवाहरु संख्याका हिसाबले नेपालगञ्ज कारागारमा तेस्रो नम्बरमा रहेका छन् । कारागारमा लागूऔषध र कर्तव्य ज्यानपछि बलात्कारी थुनुवाको संख्या अधिक रहेको छ ।

असोज १ गतेको तथ्यांकमा १ सय ५ जना बलात्कारी थुनुवा रहेको जानकारी लामिछानेले दिए । त्यसपछि पाँच जनाभन्दा बढी थपिएको उनले बताएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर