newskoseli.Com

बलात्कारी स्ववियु सभापति जाकिए १० वर्षे कैदमा !

पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिकाविरुद्ध सामूहिक बलात्कारको अभियोगमा दस वर्ष कैद सजाय सुनाइएको छ ।

कुश्मा नगरपालिका– १, पाङ, सहस्रधाराका २३ वर्षीया शिशिर क्षेत्रीलाई पर्वत जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको हो । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का तर्फबाट निर्वाचित स्ववियु सभापति क्षेत्रीलाई पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको इजलासले १० वर्ष कैद सजाय सुनाएको हो ।

क्षेत्री सामूहिक बलात्कारको अभियोगमा २०७४ चैत १५ मा पक्राउ परेको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर