newskoseli.Com

एमाले–माओवादी केन्द्र एकताको एक वर्ष : के–के भए, के–के बाँकी ?

५५ वर्षसम्म फरक–फरक राजनीतिक ‘स्कुलिङ’ मा रहेका दुई ठूला ‘कम्युनिस्ट’ घटकले चुनावी गठबन्धनदेखि पार्टी एकतासम्मको पूरा गरेको एक वर्ष बितेको छ ।

गत वर्ष १७ असोजमा नयाँ शक्ति पार्टीलाई समेत साथमा लिएर तत्कालीन एमाले–माओवादी केन्द्रले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा चुनावी तालमेल र चुनाव लगत्तै पार्टी एकता गर्ने औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

दुवै पक्षबाट समझदारी कार्यान्वयन नहुँदा नयाँ शक्ति भने गठबन्धनमा १० दिन पनि टिक्न सकेन तर एमाले–माओवादी केन्द्रले भने जेठ ३ मा पार्टी एकता नै सम्पन्न गरे ।

तर, केन्द्रमा एकता भएको १ सय ३९ दिन पुगे पनि अझै ७ प्रदेश, २२ जनसंगठन, १ सम्पर्क समन्वय कमिटी, १ प्रवास कमिटी र मातहतका कमिटीको अझै एकता हुन सकेको छैन । केन्द्रदेखि स्थानीय तहसम्म एकता प्रक्रिया अझै संस्थागत हुन नसकेको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

के–के भए वर्ष दिनभित्र ? ‘वाम’ गठबन्धनदेखि पार्टी एकतासम्म…

०७४ असोज १७ : एमाले, माओवादी केन्द्र र नयाँ शक्तिद्वारा चुनावी तालमेल र पार्टी एकताको सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर
०७४ असोज २८ : गठबन्धनवाट नयाँ शक्तिको बहिर्गमन
०७४ कात्तिक १५ : एमाले–माओवादी केन्द्रद्वारा प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि ६०–४० को अनुपातमा निर्वाचन क्षेत्र बाँडफाँट
०७४ पुस २८ : माओवादी केन्द्रद्वारा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबाट बाहिरने निर्णय ।
०७४ फागुन ३ : एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त ।
०७४ फागुन ७ : एकीकृत पार्टीको नामलगायत सातबुँदे सहमति ।
०७५ जेठ ३ : पार्टी एकताको औपचारिक घोषणा ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर