स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा अहिलेसम्म करिव ८७ अर्बको चल–अचल सम्पत्ति भेटिएको छ ।
पूर्वराजाको सम्पत्ति व्यवस्थापन गर्न गठिन नेपाल ट्रस्टको कार्यालयले पूर्वराजपरिवाको सम्पत्ति हालसम्म ८७ अर्ब पत्ता लगाएको छ ।
राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा. रमेशप्रसाद सिंहले अहिलेसम्म ८७ अर्बको रकम प्राप्त भएको जानकारी दिए । सो सम्पत्तिलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यावसायिक योजना बनाएर परिचालन गरी त्यसबाट आएको रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उद्देश्य रहेको उनले बताए ।
सो उद्देश्य हासिल गर्न निर्देशिका तयार गरिएको पनि उलने बताए । नेपाल ट्रस्टमा स्वर्गीय वीरेन्द्र र उनको परिवारको अचल सम्पत्तिअन्तर्गत १ अर्ब ६९ करोड रुपैयाँ प्राप्त भएको जानकारी सचिव सिंहले दिएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।