newskoseli.Com

दसैंअघि नै यसरी हुँदैछ नेकपाका तल्ला तहको एकीकरण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया तदारूकताका साथ अगाडि बढाएको छ ।

पार्टी केन्द्रीय सचिवालयको असोज ६ मा बसेको बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज तथा अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि प्रदेश समितिहरुले जिल्ला, गाउँ तथा नगर र वडा समितिहरुको एकीकरण गर्न गृहकार्य थालेका हुन् ।

एकीकरणको तयारी चलिरहेको अवस्थामा पार्टीको काम–कारबाही सञ्चालनका लागि गण्डकी प्रदेश समितिले प्रदेशका सबै जिल्लामा तत्कालका लागि पार्टी संयन्त्र समेत गठन गरेको छ । गण्डकी प्रदेश समितिका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन गर्न संयन्त्र गठन गरिएको जानकारी दिए । जिल्ला संयन्त्रमा तत्कालीन एमालेका तर्फबाट जिल्ला इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालीन माओवादी केन्द्रबाट इन्चार्ज, सहइन्चाजर्ज र संयोजकसहित ५ जना गरी १० जनाको संयन्त्र रहने व्यवस्था गरिएको पाण्डेले बताए ।

महानगरपालिकामा १०, नगरपालिकामा ८ र गाउँपालिकमा ६ सदस्यीय पार्टी संयन्त्र गठन गर्ने निर्णय समितिले गरेको छ । पार्टीको विधान, नियमावली र पार्टीको निर्देशनबमोजिम तल्ला समितिको एकीकरण हुने उनले बताए ।

त्यस्तै, प्रदेश– १ र २ मा पनि जिल्ला समितिको एकीकरण दसैंअघि नै टुङ्गो लगाउने गृहकार्य भैरहेको छ । प्रदेश– १ का इन्चार्ज भीम आचार्यले दसैंअघि नै तल्ला समितिको एकीकरण टुङ्गो लगाउने तयारी भइरहेको जानकारी दिएको खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर