newskoseli.Com

प्रम ओलीको प्रश्न– ‘बाटाघाटा यही ७ महिनामा नबनेका हुन् ? पहिले त पिच नै पिच थिए ?’

फाइल तस्बिर

प्रधानमन्त्री केपी ओलीले ५ वर्षसम्म यही सरकारले काम गर्ने र त्यसपछिको चुनावबाट झन् बलियो भएर आउने दाबी गरेका छन् ।

राष्ट्रसंघ महासभामा भाग लिएर बिहीबार फर्केका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ भने– ‘अहिलेको बजेटले साउन र भदौमा काम गर्न पायो । बजेट नै राम्ररी निकासा हुन पाएको छैन । अहिल्यै त्यो भएन र यो भएन भन्ने ?’

प्रतिनिधिसभामा आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपालले गरेको विरोधप्रति ओलीले ‘कवितात्मक रूपमा केही भनिएको तर आफूले पूरै सुन्न नपाएको’ प्रतिक्रिया दिए । ‘मान्छे–मान्छेबीच कहिलेकाहीं के चित्त बुझेको हुँदैन, कवि मनले कविता भनिहाल्यो भने पनि त्यसैकै पछि कुद्नु पर्दैन,’ ओलीले भने– ‘हावा चल्यो, पात बह्यो, त्यसकै पछाडि राजनीति कुद्ने होइन ।’

मुलुक पछिल्लो ७ महिनामा मात्रै गरिब नभएको तर्क गर्दै उनले भने– ‘बाटाघाटा यही ७ महिनामा नबनेका हुन् ? पहिले त पिच नै पिच थिएजसरी आलोचना भइरहेको छ ।’

नेता नेपालले गतसाता प्रतिनिधिसभा बैठकमा सरकारको काम देख्दा दिक्क लाग्न थालेको र देशै डुब्न लागेको धारणा राखेका थिए । माधव नेपालसँगको ०२९ सालदेखिको आफ्नो सम्बन्ध अहिले पनि घनिष्ठ रहेको ओलीले बताए ।

सरकारले एउटा पनि नराम्रो काम नगरेको दाबी गर्दै उनले भने– ‘यसबीचमा सरकारले देशभित्र र बाहिर नराम्रो काम एउटा पनि गरेको छैन, राम्रो काम गरेको छ, गर्ने कोसिस गरिरहेको छ ।’

कानुनहरू निर्माण भएको र विकासका काम पनि अघि बढिरहेको दाबी प्रधानमन्त्रीले गरेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर