newskoseli.Com

चुलिँदो विवादबारे ओली–दाहाल छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र तल्ला तहमा एकताको विषयलाई लिएर चुलिँदै गएको विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ ।

प्रदेश कमिटीहरुको पदाधिकारी चयनको विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षधरहरुले पार्टीभित्र र सार्वजनिक रुपमै असन्तुष्टि जनाएपछि नेकपाभित्र विवाद चुलिँदै आएको छ ।

पछिल्लो समय शीर्ष नेताहरु पार्टी एकीकरण र आन्तरिक समस्या समाधानमा केन्द्रित हुनुको सट्टा विदेश भ्रमणमा बढ्ता केन्द्रित भएपछि कार्यकर्तामा व्यापक रुपमा निराशा छाएको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर